ताप्ले स्थित अँधेरी खाेला लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिकाे याेजना फरफारक प्रति उपभाेक्ताहरुकाे असन्तुष्टि

सोमवार, असाेज १०, २०७९

गाेरखा । नगरपालिका वडा नम्बर २ स्थित अँधेरी खाेला लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिले गरेकाे खानेपानीकाे याेजना फरफारक प्रति उपभाेक्ताहरुले असुन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार आयाेजित आन्तरिक लेखा परिक्षण समितिले बाेलाएकाे भेलामा उपभाेक्ता समितिका कुनै पनि सदस्य उपस्थित नभएपछि याेजनामा भएकाे खर्च विवरण चित्त बुझ्दाे नभएकाे भन्दै सार्वजनिक रुपमा बाेल्दै आएका छन् ।

फनबाेर्डकाे सहयाेगमा निर्माण भएकाे याेजनामा आम्दानी र खर्च विवरणकाे हिसाव नमिलेकाे र विल भर्पाइहरु शँकास्पद रहेकाे लेखा परीक्षण समितिका सदस्यहरुले बताएका छन् ।

उपभाेक्ता समितिकाे निर्देशन अनुसार शनिबार भएकाे छलफल कार्यक्रममा उपभाेक्ता समितिका अध्यक्ष लगायत जिम्मेवार व्यक्तिहरु नियतवस उपस्थिति नभएकाे स्थानीय रामशरण बानियाँकाे भनाइ छ ।

उपभाेक्ता समिति

अँधेरी खाेला लिफ्टीङ खानेपानी याेजना तथा सरसफाइ उपभाेक्त समिति

लामाे समय देखि सञ्चालन भएकाे याेजनाकाे हिसाव सार्वजनिक गर्न आलटाल गरेर सार्वजनिक रुपमा विभिन्न बहाना बनाउँदै उपभाेक्ता समितिका अधिकारीहरु पन्छिदै आएकाे लेखा परीक्षण समितिका सँयाेजक रज्म दिन मियाँले बताए ।

उपभाेक्ताहरुले आफूहरु माथि राजनीति गरेकाे उपभाेक्ता समितिका अध्यक्ष देवी बहादुर श्रेष्ठकाे भनाइ छ । आफू शनिबार पालुङ्टारमा नेवा दय देवु कार्यक्रममा जानु परेका कारण उपस्थित हुन नसकेकाे श्रेष्ठकाे भनाइ छ ।

वडा नम्बर २ अध्यक्ष समेत रहेका समितिका सचिव रहमतुल्ला मियाँका अनुसार विरामी परेका कारण लेखा समितिकाे बैठकमा उपस्थित हुन नसकेकाे हुन।

उपभाेक्ता समितिका कुनै पनि सदस्य बैठकमा उपस्थिति नहुनेले झनै आशँका उत्पन्न भएकाे लेखा परीक्षण समितिका सदस्य राजु राेकाकाे भनाइ छ । वडा सदस्यलाइ आफूहरुले फाेन गरेर बाेलाएकाे उनले बताए ।

काम गर्नका लागि विभिन्न प्रकारका २६ वटा समिति र उप समिति निर्माण गरिएकाे भएपनि साे समितिका कुनै पनि सदस्यलाइ कामकाे बारेमा जानकारी नभएकाे र कुनै पनि कार्यमा सहभागि नगराइएकाे पाइएकाे लेखा समितिले जनाएकाे छ ।

हेर्नुहाेस गठन भएका समिति

अपारदर्शीता बारेमा नागरिक स्तरमा उठेका प्रश्नकाे जवाफ दिनुकाे साटाे नागरिकहरुलाइ गुमराहमा राखेर कार्यक्रममा प्रश्न गर्नेहरुलाइ ठिक पार्ने भन्दै समितिका जिम्मेवार व्यक्तिहरुले अभिव्यक्ती दिदैँ आएका छन्  । सहि सत्य रुपमा याेजनाका काम पारदर्शी नभएकाले भागेर हिड्ने गरेकाे उनीहरुले बताएका छन्  ।

पटक पटक समितिसँग जानकारी लिएर राखिएकाे बैठकमा अनुपस्थित किन हुने भन्दै प्रतिप्रश्न समेत गरेका छन्  । उपभाेक्ता समिति गठनका क्रममा म बस्दिन भन्दा भन्दै पनि हालका वडा अध्यक्षकाे दवावमा देवी प्रसादलाइ अध्यक्ष राखिएकाे त्यस क्षेत्रका नागरिकहरुले बताएका छन्  ।

धाराे छ महसुल तिरिएकाे छ तर  पानी आउँदैन । याेजनामा भएकाे खर्च विवरण सार्वजनिक हुँदैन । याेजना शुरु भएकाे ८ वर्ष सम्म पनि खर्च सार्वजनिक नहुनु दुखद भएकाे लेखा परीक्षण समितिका सदस्यहरुकाे भनाइ छ । उपभाेक्ता समितिका अध्यक्ष लगायत समितिका सबै प्रति आफूहरुकाे सँधै सम्मान रहेकाे तर याेजनाकाे हिसाव नागरिकहरुलाइ दिनुपर्ने उनीहरुले बताएका छन् ।

वडा भित्रका अन्य याेजनाहरुमा समेत विभेद र दुरुपयाेग हुने गरेकाे, नागरिकहरुले न्याय नपाएकाे कार्यक्रममा सहभागि नागरिकहरुकाे भनाइ छ । अन्याय सहेर बस्न नहुने उनीहरुकाे भनाइ छ  । उपभाेक्ता समितिले आर्थिक गतिविधिकाे बारेमा सफाइ नदिने तर सामाजिक सञ्जालबाट प्रतिरक्षामा उत्रनुले थप शङ्का मात्र नभै दाेषि करार गरेकाे उनीहरुले बताएका छन् । हामीहरु उपभाेक्ता हाैँ मत दिएकै आधारमा वडा अध्यक्षले जे गरेपनि सहनुपर्छ भन्नै छैन, खानेपानीमा भएकाे अनियमितता सार्वजनिक हुनै पर्दछ, काम गर्नेले पैसा पाएका छैनन्, विल भर्पाइ सबै अध्यक्षका हातले लेखिएका छन्, याेजनाकाे इष्टिमेटमा भएकाे भन्दा धेरै र नचाहिने समानकाे विल के कारणले बनाउनु परेकाे हाे भन्दै प्रश्न उपभाेक्ताहरुले गरेका छन् ।

लेखा समितिलाइ बुझाएकाे जम्मा खर्च  विवरण

राजनैतिक प्रतिशाेध लिएर साधारण  मानिसहरुले गर्ने व्यवहार समेत जनप्रतिनिधि र खानेपानी उपभाेक्ता समितिका अधिकारीहरुले गर्न नसकेकाे कार्यक्रममा सहभागिहरुले बताएका छन् ।

 

याे पनि समाचार

क्लिक गर्नुहाेस् ।