गाेरखाकाे दशैँघरमा जमरा राखियाे

सोमवार, असाेज १०, २०७९
दशैँघरमा राखिएकाे जमरा ।

गाेरखाकाे दशैँ घरमा विधिपूर्वक जमरा राखिएकाे छ । अघिल्लाे अष्टमीकाे दिन माथिल्लाे काेटबाट ल्याइएकाे चाेखाे माटाे प्रयाेग गरि जमरा राखिएकाे हाे ।

कन्याहरुले लिएर आएकाे चाेखाे माटाे प्रयाेग गरि दशैँघरमा जमरा राखिएकाे गाेरखा दरबार हेरचाह अड्डाका प्रमुख हरी प्रसाद भुषालले बताए ।

१० :२३ काे शुभसाइतमा दशैँघरमा जमरा राखिएकाे छ । विहान भगवतीलाइ कैलाश काेठाबाट दशैँघरमा लगेर राखिएकाे छ । शास्त्रमा उल्लेख भए अनुसार विधिपूर्वक पूजा गरी दशैँघरमा जाैकाे जमरा राख्ने प्रचलन रही आएकाे छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु भएकाे हाे ।  यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ ।