मनास्लु हिमालकाे दाेस्राे आधार शिविरमा हिउँ पहिराे, एक जनाकाे मृत्यु

सोमवार, असाेज १०, २०७९
Mt'Manasalu
राजेन्द्र न्याैपाने
मनास्लु हिमालकाे दुइ नम्बर आधार शिविरमा हिउँ पहिराे जाँदा एक जनाकाे मृत्यु भएकाे छ ।  १६  जना पर्यटक घाइते भएका छन् । भर्खरै प्राप्त सूचना अनुसार १ बजेकाे समयमा आएकाे हिउँ पहिराेका कारण पर्यटकहरु घाइते भएका छन् ।

राइ थरका एकजना गाइडकाे मृत्यु भएकाे तेस्राे आधार शिविरमा रहेका माइला गुरुङले पुष्टि गरेका छन् । रेडियाे सेटबाट पाएकाे जानकारी दिएकाे हुँ ,यहाँ माैसम अत्यन्त खराव छ १६ जना साथीहरुकाे अवस्था बारे बुलेका सम्म जानकारी दिन्छु म घटना स्थल तर्फ जाँदै छु उनले भने ।
मनासलु हिमाल तर्फ गएकाे पर्यटक टाेली