
गाेरखा । मनास्लु हिमालकाे समिटमा पुगेका एकजना विदेशी नागरिक चिप्लिएर बेपत्ता भएकाे मनास्लु बेसक्याम्प ४ मा रहेका ओम गुरुङले जानकारी दिएका छन् । अमेरिकी स्कीआरोही हिलारी नेल्सन मनास्लुमा बेपत्ता भएका हुन् ।
हिउँ पहिराेमा परी मृत्यु हुने सँखुवासभा जिल्ला मकालु गाउँपालिकाका अनुप राइ हुन् । उनी सताेरी एडभेन्चरबाट आएका थिए । चार जनाकाे अवस्था जटिल रहेकाे छ । यतिबेला आकाशमा हेलिकप्टर घुमिरहेका छन् तर ल्याण्ड गर्न सकिरहेकाे छैन, उनले भने । क्याम्प ३ र क्याम्प ४ काे वीचमा हिउँ पहिराे गएकाे थियाे ।
२८ तारिखका दिन ४०० जना एक साथ मनास्लुकाे शिखरमा पुग्ने लक्ष्य सहित विभिन्न ट्राभल एजेन्सीबाट पर्यटकहरु मनास्लुकाे यात्रामा आएका थिए । केही पर्यटकहरु माथि गइरहेका छन् । माैसम भने निक्कै खराव देखिएकाे उनले बताए ।
मनास्लु हिमालमा सोमबार बिहान गएको हिमपहिरोमा नेपाली शेर्पासहित कम्तीमा १३ जना बेपत्ता भएका छन् । ८ हजार १ सय ६३ मिटर उचाईको उक्त हिमालको ४८ सय मिटर उचाईमा रहेको आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाका अनुसार, दिउँसो गएको हिमपहिरोमा खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ ।