गोरखा । गोरखा अस्पतालको ओपिडि शाखामा कार्यरत एक चिकित्सक माथि हातपात गर्नेकाे खाेजी कार्य तिब्र पारिएकाे प्रहरीले जनाएकाे छ।
थाइर्वाइड परीक्षणकाे रिपाेर्ट आफूले माग्ने बित्तिकै नदिएकाे भन्दै पाँच जनाकाे समूह परिचालन गरी चिकित्सक माथि हातपात भएकाे हाे । ड्युटीमा रहेका डाक्टर अविनास पराजुलीलाइ ढाेका थुनेर कुटपिट भएकाे हाे ।
चिकित्सकलाइ हातपात गरेर लक्ष्मीबजार क्षेत्र घर भएका अभियुक्तहरु अस्पतालकाे मूल गेटबाट बराहकाे बाटाे हुँदै गएकाे सिसि क्यामेरा फुटेजबाट देखिएकाे प्रहरीले जनाएकाे छ ।
आज दिउँसो करिब ४ः१५ देखी ४ः४५ बजेको बिचमा केही व्यक्तिहरु अस्पतालमा आएर चिकित्सकलाई हातपात गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
समितिले उक्त घटनाप्रति खेद प्रकट गर्दै प्रेस विज्ञप्ती समेत जारी गरेको छ ।
घटनामा संलग्न व्यक्तिहरुको खोजी गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न सम्बन्धीत निकायलाई अनुरोध गरेको छ ।
सेवामा खटिएका चिकित्सक माथि हातपात गर्नेलाइ कडा कानुनकाे व्यवस्था समेत रहेकाे छ ।
अस्पताल स्थापनाकाे ४० वर्षपछि गाेरखा अस्पतालकाे सेवामा व्यापक सुधार भएकाे छ । दैनिक ४०० देखि एक हजार सम्म विरामीहरुले उपचार लिने यस अस्पतालमा सेवाग्राहीहरुकाे सँख्या बढीरहेकाे छ ।