फाइल तस्वीर

Breaking News

गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल शान्ति नायक हुन : पाण्डे

By मनासलु

November 10, 2022

गाेरखा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवँ राष्ट्रियसभा सदस्य सुरेन्द्रराज पाण्डेले गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल शान्ति नायक भएकाे बताएका छन् । गोरखाको भच्चेक बजारमा आयोजित चुनावी सभा कार्यक्रमलाइ सम्बोधन गर्दै पाण्डेले भने,“एउटै शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरीजा प्रसाद कोइराला र पुष्पकमल दाहाल शान्ति नायक हुन, एउटै पानोमा हस्ताक्षर गर्ने एउटा नायक हुने अर्को नहुने कुरा हुँदैन” ।

आज हामी माझ गिरिजिा प्रसाद कोइराला हुनुहुन्न तर सहयात्री प्रचण्ड यहीँ हुनुहुन्छ, उहाँको बाटोमा हामी अघि बढ्नुपर्दछ । प्रचण्ड पूर्व प्रधानमन्त्री र फेरी पनि प्रधानमन्त्री हुने पात्र भएकाले गोरखा जिल्लाको आमूल परिवर्तनको दिन सुरु भएको बताए ।

माओवादीका प्रतिस्पर्धी नेपाली काँग्रेस हो , हामी प्रतिस्पर्धी दुइ पार्टी मिलेपछि अरुले जित्ने भन्ने कुरा हुँदैन, प्रक्रिया पुरा गर्न मात्रै बाँकी हो उनले भने ।

सत्य निरुपण तथा मेलमिला आयोगले गर्नुपर्ने बाँकी काम गर्न, मुलुकलाइ शान्ति र समृद्धिको यात्रामा अघि लैजान हामी माओवादी र काँग्रेस एक भएर निर्वाचनमा आएका हौँ पाण्डेले भने ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा प्रशस्त अवसर भएकाले कोही पनि विचलित नहुन र यो अवसरमा चाहेको जस्तो गोरखा बनाउन सबै लागि पर्नुपर्ने उनले बताए । समानुपातिकमा आफ्नो विचार भएको पार्टीमा र प्रत्यक्षमा हसियाँ हथौडा र रुखमा मतदान गर्न उनले आग्रह भने ।