गाेरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ का बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेद्वार बनेका नेपाली काग्रेसका राजेन्द्र बजगाईले आफैलाई मात्र भोट माग्दै हिड्ने गरेको खुलासा भएको छ । उमेद्वार बगजाईले मतदाताहरुलाई मोवाइलबाट फोन गरेर आफ्ना लागि मात्र सुटुक्क भोट माग्ने गरेका हुन् । ग्रामीण क्षेत्रमा घरदैलाे अभियानमा रहेकाे कार्यकर्ताहरुकाे मानहानी गर्दै उनले माेवाइलबाट भाेट माग्न थालेका हुन् ।
म विकट गाउँमा मत माग्न टाेली सहित थिएँ नचिनेकाे नम्बरबाट फाेन आयाे, म राजेन्द्र बजगाइँकाे सचिवालयबाट । सुरिलाे स्वरमा बाेलेकी महिलाले अरु जे भएपनि राजेन्द्र बजगाइलाइ मत दिएर जिताउनु हाेला भनेर फाेन राखिन । बजगाइँलाइ मात्रै हाेइन गठबन्धन दलका सबैलाइ विजयी गराउन हामी अहाेरात्र खटेका छाैँ, हामीलाइ नै फाेन आउँछ मत देउ भन्दै । यस अघिका निर्वाचनमा यस्ताे तिताे महसुस नभएकाे उनले बताए । नेपाली काँग्रेसका सक्रिय सदस्य रहेका उनले भारी मनले वितृष्णा पाेखे । ग्रामिण क्षेत्रमा खट्ने कार्यकर्ताकाे मानहानी भएकाे उनकाे भनाइ छ ।
उनले नीजि सचिवालय स्थापना गरी युवतीहरु मार्फत निर्वाचन क्षेत्र भित्रका व्यक्तिहरुको मोवाइल नम्बरमा टोलीफोन गरी भोट माग्न थालेका हुन् । ‘युवतीहरुले मोवाइलमा नमस्कार म राजेन्द्र बजगाईको सचिवालयबाट, मलाई रुख चिन्हमा मतदान गर्न अनुरोध गर्दछु भनेर फोन गरेका थिए, एक मतदाताले भने, उनले आफ्ना लागि मात्र भोट मागेका हुन् ।’
बजगाईले सचिवालय मार्फत फोन गर्दा सामान्य मतदातादेखि स्थानीय स्तरका नेताहरुलाई टोलीफोन गर्ने गरेको बताइएको छ । ‘गठबन्धनका उमदे्वार भएपछि सिंगो गठबन्धनलाई भोट माग्नुपर्ने हो, एक नेताले भने, उनले त आफूलाई मात्र भोट माग्दै हिडेका छन्, त्यसलाई उनलाई पनि राम्रो गर्दैन ।’
बजगाईले काठमाण्डौ सचिवालय खडा गरेर एनसेलको नम्बर मार्फत मतदाताहरुलाई टेलिफोन गर्ने गरेका छन् । यता काग्रेसका एक नेतालाई बाम लोकतान्त्रिक गठबन्धनका साँझा उमेद्वार भएर पनि बगजाईले आफ्ना लागि मात्र भोट माग्दै हिडेको सम्बन्धमा ज्ञिजासा राख्दा बजगाई राजनीतिक व्यक्ति हुन नसकेको बताए ।
‘काग्रेस, माओवादी एकिकृत समाजवादी जुन पार्टीका उमेद्वार भएपनि आफ्ना लागी मात्र मत माग्नु राम्रो हुदैन, उनले भने, गठबन्धनका उमेद्वारले गठबन्धनका लागाी भोट माग्न जान्नु पर्याे नि ।’ बजगाईले आफ्ना लागी मात्र भोट मागे जस्तै गठबन्धनमा रहेका अन्य दलले पनि त्यसै गरे के होला ? उनले प्रश्न गरे । बजगाईको गतिबिधिले गठबन्धन भित्र नै शंका उत्पन्न भएको गठबन्धन भित्रका नेताहरुको भनाई छ ।