धार्चे गाऊँपालिका घर भएका एक पुरुष मृत फेला परेका छन् । धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाको लप्सीबोट घर भइ चुमनुब्री गाऊँपालिका ५ बिहीमा होटल सञ्चालन गर्दै आएका ४१ वर्षका पूणर्बहादुर गुरुङ शुक्रवार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
मंसीर १३ गते घर जान भनेर हिँडेका गुरुङ सम्पर्कबिहिन भएपछि स्थानीय बासिन्दाको सहयोगमा खोजी गरिएको थियो । सो क्रममा मनासलु पदमार्ग अन्तर्गत चुमनुब्री गाऊँपालिका ५ को पेवा र न्याकफेदी बिचको भीरबाटोबाट ६० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरी निरिक्षक रविन्द्र अधिकारीले बताए ।
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाट पनि प्रहरी निरिक्षक रामजी देवकोटा सहितको टोली घटनास्थल गएको अधिकारीले जानकारी दिए । गुरुङ प्राेक स्थित गपमा हाेटल व्यावसाय सञ्चालन गर्दै आएका थिए ।