Breaking News

शहिदलखन वडा नम्बर ५ काे भवन उद्घाटन

By मनासलु

December 14, 2022

गाेरखा । शहिदलखन वडा नम्बर छ काे वडा भवन आज उद्घाटन भएकाे छ । आज गाउँपालिका अध्यक्ष रमेश थापा मगरले भवन उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै थापाले भने,’ पुर्वाधारका कामहरु क्रमश सम्पन्न गर्दै लगिने छ,   शहिदलखनलाइ समृद्ध बनाउन सबै स्राेतसाधनकाे यथाेचित प्रयाेग गरिनेछ । ‘

कुल ९ वटा वडा रहेकाे शहिदलखन गाउँपालिकामा सबै वडामा भवन निर्माण सम्पन्न भएकाे छ । शहिद लखन गाउँपालिका वडा नं. ५, जुम्लीचौतारामा बनेकाे भवनकाे कुल लागत ने.रु. ६३,९८,७७५।७८ रहेकाे छ । एलिना भट्ट निर्माण सेवा गाेरखाले निर्माण गरेकाे भवन गत बैशाख ३० गते निर्माण सम्पन्न भएकाे थियाे ।

वडा नम्बर ५ काे दैनिक कामकाज साविस ताक्लुङ गाविसकाे पुरानाे भवनबाट हुँदै आएकाेमा आजदेखि नयाँ भवनबाट कामकाज सुरु भएकाे वडा अध्यक्ष चन्द्र बहादुर थापा मगरले जानकारी दिए ।

भवन उद्घाटनकाे क्रममा स्थानीय नागरिकहरुले पञ्चैबाजा बजाएर र नाचगान गरेर रमाइलाे गरेका थिए । कार्यक्रममा शहिदलखन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम थापा मगर, शहिदलखनका विभिन्न वडाका वडा अध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे ।