Breaking News

पालुङटार नगरपालिका र गाेरखा नगरपालिका उप प्रमुख नगरपालिका सँघकाे केन्द्रीय सदस्यमा निर्विराेध

By मनासलु

December 22, 2022

गोरखा। गोरखा नगरपालिकाकी उपप्रमुख मसली माँया थोकर (सपना पुन) र पालुङटार नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डे नगरपालिका संघको केन्द्रीय सदस्यमा निर्विराेध भएका छन् । संघको बुधबार सम्पन्न आठौं महाधिबेशनबाट गोरखाका दुवै नगरपालिकाका उपप्रमुख केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना निर्वाचित भएका छन । काठमाण्डौंमा भएको महाधिबेशनबाट ढुंगाना अध्यक्षतामा ४३ सदस्सीय कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन् ।

संघको महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन हुनुभएको छ । उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई र सहकोषाध्यक्षमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा सर्वसम्मत चयन भएका छन् ।

देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।