Breaking News

गण्डकी प्रदेश काँग्रेस सँसदिय दलकाे नेतामा पाण्डे निर्वाचित

By मनासलु

December 28, 2022

पाेखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। मंसिर ४ मा भएको चुनावमा पाण्डे गोरखा २ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।

कांग्रेस केन्द्रीय सदस्य रहेका पाण्डे सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। गण्डकी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन्।

दल नेताका लागि आज भएको चुनावमा पाण्डेले १८ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी भोजराज अर्यालले ८ मत मात्रै ल्याएका छन् भने एक मत बदर भएको छ।

अर्याल संस्थापनइतर समूहका हुन्। उनी स्याङ्जा क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सांसद भएका थिए।

पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ, अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै गण्डकीमा पनि कांग्रेसको सरकार नबन्ने निश्चित भइसकेको छ ।