
गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ ।
पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन जेठा भएकाले उनैले शपथ खुवाउने र पहिलो बैठकको अध्यक्षता गर्नेछन् ।
६० सदस्यीय प्रदेश सभामा १३ गते मित्रलालले प्रदेश प्रमुखसँग शपथ लिनेछन् र त्यसको भोलिपल्ट अरु सांसदलाई उनलै शपथ खुवाउने प्रदेश सभा सचिव हरिराज पोखरेलकाे भनाइ छ । ‘१४ गते गण्डकीका सांसदलाई बस्यालले सपथ खुवाउने तय भएको छ,’ पोखरेलले भने, ‘ आज (७ गते) सबै निर्वाचन सांसदलाई जानकारी पठाउँछौं ।’