गाेरखा । धार्चे गाउँपालिकाको आ.व. ०७९।०८० को प्रथम चौमासिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । धार्चे गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भीमसेन मिडिया एण्ड एडभरटाजिङ प्रा.लि. गोरखाको सहजीकरणमा भएको कार्यक्रम धार्चे गाउँपालिकाको आयोजनामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार र गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले उठेका प्रश्नहरुको जवाफ प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गुरुङले निर्वाचन पनि असार मसान्त, त्यसपछि वर्षात, सँघ र प्रदेशको निर्वाचनका कारण विकास निर्माणका कामहरु प्रर्याप्त रुपमा हुन नसकेको बताए । अवका समय विकासमा लागि पर्ने उहाँले बताउनुभयो । नीति तथा कार्यक्रम अनुसार बजेट ल्याइएको बताउँदै उनले वडा, गाउँ र समाजप्रति लक्षित गरेर बजेट ल्याइएको भनाइ राखे । सर्बे, इष्टिमेट गरेर उपभोक्ता समिति गठन गरिएको निर्माण कार्यान्वयनका लागि उपभोक्ता समितिलाई अभिमूखिकरण गरिएको उनले बताए । वर्षात अघि नै निर्माणका कामहरु सक्ने योजनामा आफूहरु रहेको उनकाे भनाई छ ।
वर्षातको समयमा गाडि नचल्ने, बाटोहरु अवरुद्ध हुने, नेटको समस्या पर्ने भएका कारण भुक्तानीमा कठिनाइ हुने भएकाले विकास निर्माणका कामहरु वर्षात अघि सक्ने गरी काम भइरहेको उनको भनाइ छ । जेठ महिना भित्र भुक्तानी सक्ने उनले बताए । यस अघि देखा परेका समस्याबाट सचेत हुँदै काम गर्ने उहाँको भनाई छ । सुशासन कायम गरेर स्थानीय सरकार सञ्चालन गरिरहेको उहाँको भनाइ ५ । सँघ र प्रदेशले स्थानीय तहलाइ दिएको अधिकार प्रयोग गरेर आफूहरुले काम गरेको उहाँको भनाइ छ । पालिकाको राजश्व वृद्धिका लागि आन्तरिक स्रोत व्यवस्थापनमा पालिका जुटेको उहाँको भनाइ छ । नियम भित्र छिरेर राजश्व वृद्धि गरी पालिकाको आम्दानी बढाउने उनले बताए । पालिका भवन बारपाक लाप्राक माछिखोला सडक योजनाका ठेकेदारहरुको आफूले खोजी गरिरहेको उनले बताए । ठेक्का लिने तर काम नगर्ने परिपाटीको अन्त्य हुनुपर्नुे उनकाे भनाइ छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले पालिकाले जनताको पक्षमा काम गरिरहेको बताइन । लोक सँस्कृतिको रक्षाका लागि बजेट व्यवस्थापन गर्दै जाने उनले बताइन । योजनाका अनुगमनलाइ प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनकाे भनाइ छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले पालिकाले २०७९ साउन देखि कातर्िक मसान्त र त्यसपछि भएका कार्यक्रमका बारेमा जानकारी दिए । सहभागिहरु उठाएका प्रश्नका बारेमा प्रमुख प्रशासकीय अधिर्कत सुनार, पालिका उपाध्यक्ष सुनिला गुरुङर गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जवाफ दिएका थिए । पालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागिहरुले आ आफ्ना जिज्ञासा राखेका थिए ।