बिबिध

हरिहर महिला बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा सम्पन्न

By मनासलु

January 09, 2023

पोखरा महानगरपालिका वडानं. २० भलाममा रहेको हरिहर महिला बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष गंगाबहादुर खत्री रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष गंगाबहादुर खत्रीले सहकारीहरुलाई प्रबिधी मैत्री बनाउन सके काम गर्न सजिलो हुने धारणा राख्नु भयो । उहाँले सहरकारीले गाउँ बस्तीको विकासमा ठूलो योगदान गरेकाले देशको अर्थतन्यमा यसको महत्वपूर्ण भूमीका रहेको बताउनु भयो । गाउँ गाउँमा सहकारी खोल्दा रोजगारीका साथै आय आर्जन, व्यपार व्यवसायका लागी ऋण समेत उलब्ध हुने भएकाले युवा पलायनलाई समेत यसले रोकेको बताउुभयो । कार्यक्रमका बिशेष अतिथी सामाजिक बिकास शाखाका प्रतिनीधी बिष्णुमाया पौडेलले महिला तथा बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन सहकारीहरुको भूमीका ठूलो हुने बताउनुभयो । महिला ससक्तिकरणको लागी सहकारीहरुले वडासंग सहकार्य र समन्वय गरी सस्तो ब्याजदरमा कर्जा प्रबाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै भलाम आधारभुत बिधालयकि मिना खत्रीले सहकारीले गर्दा गाउँमा महिला उद्यमी तथा महिलाहरुको सीप बिकासमा ठूलो सहयोग मिलेको बताउनुभयो । सहकारीको माध्यमबाट महिलाहरुको आर्थिक सवलिकरण देखी चतनास्तर सम्ममा सहयोग पुगेको बताउनुभयो, कार्यक्रममा नेकपा एमाले वडा कमिटी भलामका अध्यक्ष त्रिलोचन गौतम, संस्थाका पूर्व अध्यक्ष मुना सुवेदी, भलाम सहकारी संस्थाका अध्यष कृष्ण बहादुर खत्री, राप्रपा पार्टी प्रतिनीधि रामजी खत्री, हरिहर महिला बचत तथा ऋण सहकारीका संस्थापक गणेश बहादुर खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहकारीको अडिट रिपोर्ट कोषाध्यक्ष कल्पना कार्कीले राख्नुभएको थियो भने सचिवको प्रतिवेदन कार्यक्रम संचालिका तथा सहकारीकी सचिव अमृता तिवारी तिमिल्सिनाले राख्नुभएको थियो । सहकारीले महिलाहरुको लागि आगामी दिनमा तालिम प्रदान गर्न, लगानीमा बृद्धि गरी कर्जा र व्याज असुलमा प्रगती गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बोल्दै सहकारीकी अध्यक्ष सरास्वती थापाले सहकारी सेयर सदस्यहरुले आफ्नो दायित्व निर्वाह गरी सदस्यहरु थप गर्ने तथा कर्जा लगानीलाई सहज बनाउन भूमिका खेल्नुपर्ने धारणा राख्नु भयो । उहाँले सहकारी भनेकै सबै मिलेर व्यवस्थापन गर्ने हो, सबैले मिलेर यसलाई आम नागरिकमाझ लान सकियो भने लागनी गर्ने र कर्जा मार्फत व्यवासाय गर्ने सबैको भलो हुने हुँदा सबैले बिचार गर्न आग्रह गर्नुभयो । महनगरभित्रएको एउटा कुनामा बसेर पनि यस सहकारीले ३३३ सदस्य संख्या बनाउँदै १करोड २४लाखको कारोबार गर्न सकेको बताउँदै यसको संख्या र रकममा बृद्धि गर्ने लक्ष्य सहकारीले ल्याएको बताउनुभयो । सस्तो व्याजदरमा कर्जा प्रबाहको बाताबरण मिलाउन सके अझ राम्रो हुने बताउँदै अध्यक्ष थापाले त्यसतर्फ महानगरले ठोस प्रस्ताव ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष माया जिसीले राख्नुभएको थियो ।