Breaking News

आरुघाट गाउँपालिकाकाे १२ ‌औँ गाउँसभा सम्पन्न

By मनासलु

January 13, 2023

गाेरखा । आरुघाट गाउँपालिकाकाे १२ ‌‍‍औँ गाउँपालिकासभा आज सम्पन्न भएकाे छ ।  गाउँपालिका अध्यक्ष राजु गुरुङकाे अध्यक्षतामा भएकाे सभावमा सँशाेधित विनियाेजन विद्येयक पारीत गरेकाे छ  । गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले प्रस्तुत गर्नुभएकाे सम्शाेधित विनियाेजन विद्येयक पारीत भएकाे हाे । एघाराैँ गाउँपालिका सभाले पारीत गरेकाे नीति तथा कार्यक्रम अनुसारकाे बजेटमा १७ लाख ८० हजार थप गरी ६२ कराेड ४९ लाख ६० हजारकाे बजेट अनुमाेदन भएकाे छ  ।

सभामा २०७८।०७९ मा याेजना  तथा कार्यक्रममा मलेपकाे बेरुजु सम्परीक्षण गरिएकाे छ । कुल ५९ लाखकाे बेरुजु रहेकाे थियाे । बेरुजु सम्परीक्षण प्रस्ताव लेखा सँयाेजक राजेन्द्र रानाले प्रस्तुत गर्नुभएकाे थियाे । सभामा उठेका विषयहरुमा सभाध्यक्ष, सभाका सचिव गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, पालिका उपाध्यक्ष लगायतले जवाफ दिएका थिए ।