Breaking News

साँसद धिताल गण्डकी प्रदेशकाे सभामुखमा निर्वाचित

By मनासलु

January 14, 2023

पाेखरा ।  गण्डकी प्रदेश सभाको सभामुखमा गोरखाका कृण्ण धिताल विजयी भएका छन् । नेकपा माओवादी केन्द्रकातर्फबाट गोरखा १ (१) बाट निर्वाचित धिताल आज भएको निर्वाचनमा निर्वाचित भएका हुन् ।

लामाे समयदेखि माओवादी आन्दाेलनमा रहेका धिताल गाेरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ निवासी हुन् । द्वन्दकाे समयमा छाेरी गुमाएका धिताल माओवादी पार्टीकाे वैकल्पिक पाेलिट्व्युराे सदस्य तथा गाेरखा जिल्ला इञ्चार्च भइ काम गर्दै आएका थिए ।

गण्डकी प्रदेशकाे सँसदमा रहेका साँसदहरु मध्ये माओवादीबाट प्रतिनिधित्व गर्नेमा उच्च तहका नेता भएका कारण साे पार्टीले सभामुख पदका लागि उम्मेदवार बनाएकाे थियाे । धिताल यस अघि २०७० सालमा समानुपातिक तर्फका साँसद समेत रहेका थिए ।

शनिबार भएको मतदानमा धितालले ३२ मत पाएका थिए भने विपक्षीमा नेपाली काँग्रेसकी सरस्वती अर्याल तिवारीले २६ मत प्राप्त गरेकी छन्  । एमाले नेतृत्वमा बनेको सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमती भए अनुसार नै धिताल सभामुखमा चयन भएका हुन् ।