गोरखा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पार्टी परित्याग गरेका छन् । सभामुख भएपछि स्वत पार्टी परित्याग गर्नुपर्ने भएकाले सभामुखमा निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको धितालले जानकारी बताए ।
पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय तरिकाले निर्वाह गर्न संवैधानिक प्रावधानप्रति प्रतिवद्ध भइ पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनकाे भनाइ छ ।
धिताल पुस ३० गते सभामुखमा निर्वाचित भएका थिए । उनी माओवादी केन्द्र गोरखा १ को (१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । धिताल माओवादी गाेरखा जिल्ला पार्टीकाे इञ्चार्ज समेत रहेका थिए ।