Breaking News

तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सूर्योदय माविले जित्याे

By मनासलु

February 02, 2023

गण्डकी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सूर्योदय माविले जितेकाे छ ।

वडा नम्बर ८ मा रहेको सूर्योदय माविले ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित उपाधि जितेकाे गाउँपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक सन्तोष विकले बताए ।

पालिकाभित्रका ८ वटा वडाका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा वडा नं ७ घ्याल्चोकमा रहेको ज्ञानमार्ग मावि ६ स्वर्ण, २ रजत र ४ कास्य सहित उपविजेता भएकाे छ । ५ स्वर्ण, ७ रजत र २ कास्य सहित दिर्घेश्वर मावि, फुजेल तेश्रो र ४ स्वर्ण, ५ रजत र ४ कास्य सहित रत्नेश्वर मावि दर्बुङ्ग चौथो भएको उनले बताए । प्रतियोगितामा  ३० वटा खेल समावेश  थियो ।

गाउँपालिकाकाे आयाेजनामा रत्नेश्वर माध्यमिक विद्यालय गण्डकी–५, दर्बुङटारको संयोजनमा माघ १४ गतेबाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलवार सकिएको छ ।