Breaking News

ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु

By मनासलु

February 04, 2023

पाल्पाको बगनासकाली गाउँपालिका–९, चापपानी झिरभन्ज्याङमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका–१३, बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मीना थापा मिधुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले बताए । प्रहरीका अनुसार मृतक आमा छोरा हुन् ।

तानसेन–चापपानी–दर्लमडाँडा–राम्दी सडक अन्तर्गत भित्री सडकम बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । तानसेनदेखि खानीगाउँ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरी उपरीक्षक शाहीले बताए ।