Breaking News

अजिरकाेट गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकाे कार्य सम्पादन सूचाङ्कमा प्रथम

By मनासलु

February 17, 2023

 गोरखा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकाे कार्य सम्पादन सूचकांकका आधारमा गाेरखाका पालिकाहरुमा अजिरकाेट प्रथम भएकाे छ । आयाेगले देशैभरीका महानगर, उपमहानगर, नगरपालिका र पालिका सहित सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

गाेरखाका गाउँपालिकाहरुमा   अजिरकोट गाऊँपालिकाले ६९ दशमलव ४७ अङ्क ल्याएर प्रथम भएकाे हाे भने  ६७ प्रतिशत अंक प्राप्त गरी गण्डकी गाउँपालिका दाेस्राे भएकाे आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

नगरपालिका तर्फ भने गाेरखा नगरपालिका प्रथम र पालुङ्टार दाेस्राे भएका छन् ।  वारपाक सुलिकोट गाऊँपालिकाले ६६ दशमलव ९१ प्रतिशत, आरुघाट गाऊँपालिकाले ६४ दशमलव २१, भिमसेनथापा गाऊँपालिकाले ६२ दशलमव ७९ तथा पालुङटार नगरपालिकाले ६२ प्रतिशत अंक प्राप्त गरेका छन् ।

सिरानचोक गाऊँपालिकाले ५९ प्रतिशत, शहिद लखन गाऊँपालिकाले ५८, चुमनुब्री गाऊँँपालिकाले ५५ दशमलव ७१ र सबैभन्दा कम धार्चे गाऊँपालिकाले ५२ दशमलव ७१ प्रतिशत अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएका थिए ।

समयमै बजेट पेश गरे/नगरेको, असार मासन्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकन गरिएको थियो ।

खावऽनजप आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।