साँकेतिक तस्वीर

Breaking News

बस दुर्घटना हुँदा ४५ जना घाइते

By मनासलु

February 19, 2023

कास्की, ७ फागुन । पोखराको बेगनास पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ । करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी स्थित शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएकाे छ । बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।