Breaking News

परिवर्तन विराेधी हर्कतका मतियारलाइ राष्ट्रप्रमुख बनाउन सकिदैन : महासचिव गुरुङ

By मनासलु

February 20, 2023

पाेखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले परिवर्तन विराेधि हर्कतका मतियारलाइ राष्ट्रप्रमुख बनाउन नसकिने बताएका छन् ।

नेकपा मा‌ओवादी केन्द्र कास्की जिल्ला पार्टी कार्यालयमा आइतबार प्रेस सेन्टर कास्कीले गरेकाे पत्रकार सम्मेलनलाइ सम्बाेधन गर्दै गुरुङले भने, जसले परिवर्तनका विरुद्ध विभिन्न हतकण्डा गर्छ उसैलाइ राष्ट्रपति बनाउने कुरा साेच्न सकिदैन, याे सम्मानित पद भएकाले राष्ट्रिय सहमतिमा राजनीति दलहरुबाट नै राष्ट्रपतिकाे प्रस्ताव हुन्छ ।