Breaking News

स्वास्थ्य सेवा प्रदानमा अजिरकाेट गाउँपालिका गाेरखा प्रथम, प्रदेशमा पाँचाैँ

By मनासलु

February 24, 2023

गाेरखा । गण्डकी प्रदेश भित्र रहेका ८५ वटा गाउँपालिकामा पालिकाले प्रदान गर्ने स्वास्थ्य सेवाकाे क्षेत्रमा अजिरकाेट गाउँपालिका गाेरखा जिल्लामा प्रथम भएकाे छ । आर्थिक वर्ष ०७९।०८० काे माघ महिना सम्मकाे प्रगति विवरणमा अजिरकाेट ५८.३ अङ्क सहित गाेरखामा प्रथम भएकाे हाे ।

प्रदेश भरीमा आँवुखैरेनी गाउँपालिका ६३.५ अङ्क सहित प्रथम भएकाे छ । गाेरखाका बारपाक सुलिकाेट दाेश्राे, धार्चे गाउँपालिका तेस्राे, आरुघाट चाैँथाे,  सिरानचाेक पाँचाैँ , पालुङ्टार छैठाै, सहिदलखन साताैँ, गाेरखा नगरपालिका आठाैँ, भिमसेन थापा गाउँपालिका नबाैँ र चुमनुब्री गाउँपालिका दशाैँ भएका छन् । गण्डकी गाउँपालिकाकाे मूल्याङकन भएकाे छैन ।

प्रदेशमा दाेस्राे स्थानमा ढाेरपाटन नगरपालिका, तेस्राे भानु नगरपालिका, चाैँथाे रुपा गाउँपालिका रहेका छन् ।

नागरिकहरुलाइ पालिकाबाट दिएकाे सेवाका आधारमा प्रदेश स्वास्थ्य निर्देशनालयले मूल्याङ्कन गरेकाे हाे । DHIS 2 रिपाेर्टिङमा पालिकाहरुले आफ्नाे प्रगति अनुसारकाे स्थान प्राप्त गरेका हुन् ।  गत साउन यता अजिरकाेट गाउँपालिकामा अस्पताल सञ्चालन देखि गाउँ गाउँमा नागरिकहरुकाे सेवामा पालिकाले काम गर्दै आएकाे छ । नागरिकहरु स्वस्थ्य रहे गाउँकाे विकासमा सहयाेग पुग्ने भन्दै गाउँकाे स्वास्थ्य र शिक्षालाइ विशेष ध्यान दिइएकाे गाउँ पालिकाे स्राेतकाे भनाइ छ ।