अपराध/ दुर्घटना

चाेरीमा सँलग्न सिरानचाेकका दुइ जना पक्राउ

By मनासलु

February 25, 2023

गाेरखा । जिल्लामा चोरीको आरोपमा सिरानचोक गाउँपालिका वडा नं.५ छोप्राकका २९ को मनु परियार र ३२ वर्षीय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

सिरानचोक गा.पा. वडा नं.५ छोप्राक चित्रे क्योरपानी स्थित धन बहादुर भुजेलको घरबाट तामाको ताउलो लगायतका जिन्सी सामानहरु चोरी भएको घटनामा संलग्न रहेको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले  बताए ।

माघ २२ गते भुजेलको घरबाट सामान चोरी भएको थियो । सोहि घटनाका आधारमा ईलाका प्रहरी कार्यालय ठाँटीपोखरी गोरखाबाट प्रहरी निरिक्षक प्रताप पौडेलको कमाण्डमा खटिई गएको टोलीले विहिबार उनीहरुलाई पक्राउ गरेको हो ।

गोरखामा विगत केही दिन देखी चोरीका घटनाहरु बढ्दै गईरहेकाले चोरी नियन्त्रणको लागि प्रहरी टोली परिचालन गरी निगरानी बढाईएको थियो ।

पक्राउ परेका दुवै जना विरुद्ध चोरी कसूर शीर्षकमा मुद्दा दर्ता भएको छ ।