Breaking News

राष्ट्रपतिकाे मनाेनयन आज, तनहुँ जिल्लामा खुशियाली

By मनासलु

February 25, 2023

तनहुँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । यसअघि निर्वाचन आयोगले हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

निर्वाचन आयोगले बिहान १० बजे देखी दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ । जसअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन दर्ता स्थल तोकिएको छ ।

आयोगको निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिने आयोगको तयारी छ ।

राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । यता नेकपा एमालेले पनि उम्मेदवार तय गर्न सचिवालय बैठक बोलाएको छ ।

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । आज बिहान बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसबारे ठोस निर्णय लिनेछ ।

हिजाे साँझ ८ दलिय गठबन्धन वीच सहमति भए अनुसार राष्ट्रपति नेपाली काँग्रेसले पाउने भएपछि तनहुँ जिल्लाका रामचन्द्र पाैडेले राष्ट्रपति हुने भन्दै जिल्लामा खुशी छाएकाे छ । विहानै देखि चियापसलमा जमघट भएका तनहुँका नागरिकहरु तनहुँकाे भाग्य खुलेकाे भन्दै खुशी भएका छन् । यस अघि १७ पटक सम्म प्रधानमन्त्री पदका लागि लडेका रामचन्द्र पाैडेल राष्ट्रप्रमुख बन्न सक्ने र यसले तनहुँ जिल्लाकाे छवि राम्राे रहने यहाँका नागरिकहरु खुशी हुने पत्रकार ओमकार आचार्य बताउँछन् ।

राष्ट्रप्रमुख नै तनहुँले पाउने कुरा राम्राे हाे । तनहुँवासीहरुका लागि खुशीकाे सन्देश राष्ट्रपतिकाे मनाेनयनले दिने सँकेत मिलेकाे नेपाल पत्रकार महासँघ तनहुँ शाखाका अध्यक्ष उज्जववल पाैडेले बताउँछन् ।