समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीकाे नगरभेला फागुन २० गते

By मनासलु

March 02, 2023

गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) काे गाेरखा नगरपालिका स्तरीय भेला फागुन २० गते हुनेभएकाे छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकाेटिकाे प्रमुख आतिथ्यतामा हुने भेलामा गण्डकी प्रदेशका महामन्त्री अशाेक खड्का, प्रदेश सदस्य विशेष पन्त, जिल्लाका नेताहरु लगायतकाे सहभागिता रहने पार्टीले जनाएकाे छ ।

हाेटल गाेरखा इनमा हुने भेलामा पार्टीका नेता तथा कार्यकर्ताकाे बाक्लाे उपस्थिति रहने जनाएकाे छ । त्यस दिन नगरपार्टी गठनका साथै सदस्यता वितरणकाे कार्यक्रम समेत रहेकाे पार्टीले जानकारी दिएकाे छ ।