किसानहरुलाइ क्रेट वितरण गर्दै नेपाली काँग्रेस गाेरखाका सचिव कृष्ण बहादुर आले र गण्डकी गाउँपालिका सभापति हाेम बहादुर राना ।

Breaking News

नेपाली काँग्रेसद्वारा भूम्लीचाेकका कृषकलाइ तरकारी बाेक्न क्रेट प्रदान

By मनासलु

March 15, 2023

गाेरखा । गण्डकी गाउँपालिकामा व्यवसायिक तरकारी खेती गर्दै आएका   १२४ जना  चेपाङ किसानलाई क्रेट वितरण गरिएको छ । किसानहरुलाइ आज नेपाली काँग्रेसका जिल्ला उपसभापति धिरन थापाकाे नेतृत्वमा क्रेट वितरण भएकाे हाे ।

गाउँपालिकामा आयोजित कार्यक्रममा  वडा नं. ६ र ७ हिक्लुङ, थुम्का, लुप्राङ, कौदी, ह्वीलिङ, क्याङतुङका व्यवसायिक चेपाङ किसानहरुलाई क्रेट वितरण गरेका हुन् । धादिङकाे बेनिघाट राेराङ गाउँपालिका स्थित हुग्दी खाेलाबाट किसानहरुलाइ क्रेट वितरण गरिएकाे हाे ।

यसअघि बोरा र डोकामा तरकारी बोक्दै आएका किसानहरु क्रेट पाएपछि खुशी भएका छन् । क्रेटमा तरकारी बाेक्दा सुरक्षित रहने गर्दछ ।

क्रेट वितरण कार्यक्रममा नेपाली काँग्रेस गोरखाका उपसभापति धिरन थापा, जिल्ला सचिव कृष्ण आले, नेपाली कांग्रेस गण्डकी गाउँपालिका सभापति होमबहादुर राना, वडा सभापति रामनारायण श्रेष्ठ तथा वडा सचिव मिनबहादुर पुलामी लगायतको उपस्थिति रहेको थियो ।

यस क्षेत्रका चेपाङ समुदायले तरकारी खेती गरी आफ्ना बालबालिकाहरुलाइ राम्रा विद्यालयमा पढाउने र आफ्ना दैनिक खर्च जाेहाे गर्दै आएका छन् । क्रेटका व्यवस्था गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद राजेन्द्र बजगाइले गरेका हुन् ।