समाज

चर्चा बटुल्दै सुनिताको बस बस पियारी (भिडियो सहित)

By मनासलु

March 16, 2023

गायीका सुनिता शर्माले पछिल्लो पटक बजारमा ल्याएको गीत बस बस पियारी यतिबेला चर्चामा रहेको छ । टिकटक देखि युट्यूबको भ्यूमा समेत उक्त गीतलाई दर्शकले मन पराएका छन् । हजारौंले टिकटक बनाएका छन् भने यो समाचार तयार पार्दा सम्म गीत करिब ५ लाख भ्यूको नजिक पुगेको छ । बद्री सापकोटाले गायीका सुनितालाई स्वरमा साथ दिएका छन् भने गीतको शब्द कृष्ण लामिछाने र लय बद्री सापकोटाको रहेको छ । जुनेलि रातैको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी शर्माले हाल सम्म एक दर्जन गीतमा स्वर दिएकी छन् । यो गीतलाई दर्शकले मन पराएपछि अर्को सांगीतिक प्रस्तुति बजारमा ल्याउने उनको तयारी छ । चर्चामा रहेको बस बस पियारी गीत हेर्नुहोस् ।