Breaking News

गाेरखामा ५ जना बालबालिका सहित एकसय १५ जना क्षयराेग सँक्रमित

By मनासलु

March 24, 2023

गाेरखा ।  जिल्लामा १ सय १५ जनामा क्षयरोग संक्रमित देखिएको स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कले देखाएकाे छ।  प्राप्त तथ्याङ्क  अनुसार ४४ जना महिला र ७१ जना पुरुषमा क्षयरोग संक्रमण देखिएको हो । उनीहरुमध्ये पाँच जना १४ बर्ष मुनिका बालबालिका रहेको कार्यक्रम मा जनाएको छ।

गोरखा नगरपालिकामा १७ र सबैभन्दा कम चुमनुव्री गाउँपालिकामा ४ जनामा संक्रमित  छन ।  आरुघाट गाउँपालिकामा १५, बारपाक सुलिकोट गाउँपालिकामा १४, पालुङटार नगरपालिकामा १३, शहिद लखन गाउँपालिकामा १२ र धार्चे गाउँपालिकामा १० जनामा संक्रमण पुष्टी भएको छ । गण्डकी गाउँपालिकामा ९, अजिरकोट र भीमसेन थापा गाउँपालिकामा ८/८ र सिरानचोक गाउँपालिकामा ५ जनामा क्षयरोग देखिएको छ । गत आर्थिक बर्ष जिल्लामा २ सय १५ जना संक्रमित थिए। हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।

क्षयरोगको सङ्क्रमणका लक्ष्यणहरु 

क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेपछि सङ्क्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिनादेखि एक वर्षसम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् । तर सामान्यतया ६ महिनादेखि एक वर्षसम्मको समयलाई झ्याली समयको रूपमा लिने गरिन्छ । यो रोगका जीवाणुहरूले उत्पादन गर्ने एक प्रकारको विषको कारणले शरीरका कोषहरूको क्षय हुनजान्छ । फलतः रोगका लक्षण देखिन थाल्छन् ।

–लामो अवधिको खोकी, –खकारमा रगत देखापर्नु, –साँझपख ज्वरो आउनु, –राति सुतेको बेलामा पसिना आउनु, –तौल घट्दै जानु, –अन्य अङ्गहरूको सङ्क्रमण तथा अन्य धेरै लक्षणहरू पनि देखापर्छन् । क्षयरोगको रोगका परीक्षण के हो ? फोक्सोको क्षयरोग निदान गर्ने सरल र भरपर्दो उपाय भनेको खकार परीक्षण हो । नियमित दुई हप्ताभन्दा बढी समय खोकी लागेमा अनिवार्य रूमा खकार परीक्षण गर्नुपर्छ । त्यस्तै क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन् । रोगको पहिचान गर्न गाह्रो भएमा जिन एक्सपर्ट प्रविधिबाट परीक्षण गराउनु पर्छ । फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि एफएनएसी, बायोप्सी, कल्चर टेष्ट आदि परीक्षण गर्न सकिन्छ । क्षयरोगको रोगका उपचार के हो ? आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धूमपान नगर्ने, हरियो सागपात, फलफूल, माछा–मासु प्रशस्त खाने, पोषिलो तरल खानाहरू सेवन गर्ने गर्नुपर्दछ । लाक्षणिक उपचार जस्तोः खोकीको लागि औषधि, ज्वरो र दुखाइको लागि औषधिलगायत लक्षणअनुसार उपचार गर्दै लैजानु पर्दछ ।

प्रमुख उपचारमा एन्टी ट्युबरकुलर उपचार (एटीटी) डट्स विधिद्वारा गर्ने सुविधा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । यी सबै उपचार तालिमप्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गर्नु पर्दछ । पूर्ण उपचार नै क्षयरोगको सही उपचार पनि हो । (लेखकः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उप–प्राध्यापक तथा बालरोग विशेषज्ञहुन् ।) विश्व स्वास्थ्य संगठनले भने विश्व क्षयरोग दिवसको मुल नारा ‘Invest to end TB Save Lives′ तय गरेको छ। विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पिडित भएको जनाइएको छ। जसमध्ये ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बालबालिका रहेका थिए।

क्षयरोगका कारण वार्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। नेपालमा भने गत आर्थिक वर्ष २०७७/७८ को तथ्यांक अनुसार २८ हजार ६७७ जना क्षयरोगका बिरामीहरु उपचारका लागि दर्ता भएको जनाइएको छ।