Breaking News

मानवसेवा आश्रमकाे भवन निर्माणका लागि गाेरखा सेवा समाज कतारद्वारा रकम प्रदान

By मनासलु

March 25, 2023

चैत, ११ गाेरखा मानव सेवा आश्रम गोरखाको भवन निमार्णको लागि आर्थिक सहयोग प्राप्त भएकाे छ । गोरखा सेवा समाज कतारले १२ औं साधारण सभाको अवसरमा गोरखा नगरपालिका–७ को नगरपालिकामा निर्माणधिन रहेको भवनका लागि पाँच लाख एघार हजार एक सय एघार (५,११,१११) रुपैयाँ नगद सहयोग उपलब्ध गराएको समाजका निर्वतमान अध्यक्ष रामजी खत्रिले जानकारी जानकारी दिए ।

निर्माणधिन मानवताको मन्दिर निमार्ण सम्पन्न गर्न थप सरल सहज होस् भन्ने उदेश्यका साथ रकम उपलब्ध गराएको उनले बताए। ‘हामीले मानवसेवा आश्रमको अभिभावक संस्था गोरखा सेवा समाज कतार परिवारको तर्फवाट १ कोठा निमार्णको लागि थोरै भए पनि सहयोग गरेका गरेका छौं । ’ उनले भने। आर्थिक सहयोग उपलब्ध गराएकोमा मानव सेवा आश्रमले सेवा समाज कतारलाई धन्यवाद दिदै उक्त रकम निर्माणाधिन भवनमा प्रयोग गरिने बताएका छन् ।

निर्माणाधिन मानवसेवा आश्रम भवन । तस्वीर राजेन्द्र न्याैपाने