१२ चैत, गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले उच्चपदस्थ अधिकारीहरुको भ्रमणका क्रममा भनिनेको गरेको सवारीलाइ आवागमन भन्नुपर्ने र आवागमनका क्रममा नागरिकहरुलाइ सास्ती दिन नहुने बताएका छन् ।
गोरखा सँग्रहालयमा भएको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछिको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले भने, ‘जनताका प्रतिनिधि हामी जनतालाइ सास्ती दिने काम गुर्नुहुँदैन । सवारीलाइ आवागमन बनाइ सरल बनाउनुपर्दछ’ ।
गोरखा भ्रमण आफ्नो धार्मिक र साँस्कृतिक भ्रमण रहेको उनकाे भनाइ छ । गोरखा जिल्लाको पर्यटन प्रवर्दनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने राष्ट्रपति पौडेलले बताए । राष्ट्रपति पौडेल कार्यक्रम सकेर काठमाण्डौ फर्केका छन् ।