गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकामा आज सार्वजनिक सुनुवाइ भएकाे छ ।गाउँपालिकाले तेस्राे सार्वजनिक सुनुवाइ गरेकाे हाे ।
पालिका स्थित वडा नम्बर ७ खाब्दी भञ्जयाङमा भएकाे सार्वजनिक सुनुवाइमा सहभागिहरुले दैनिक उपभाेग्य बस्तुकाे मूल्य बढी भएकाे, यातायातका साधन र बाटाे जति सुविधा भयाे महँगी झनै बढेकाे, वडा तहबाट दिइने सेवा सुविधाका बारेमा समयमा जानकारी नदिने गरेकाे, राजनैतिक आस्थाका आधारमा विभेद हुने गरेकाे , गाउँमा आउने राेजगारका कार्यक्रमहरुमा दलित, गरिव र महिला वर्गलाइ उपेक्षा गर्ने गरेकाे, बाँदरका कारण खेती थन्क्याउन नपाएकाे, कृषिबाट अनुदान पाउनेहरुले नियम अनुसार काम नगरेकाे , अस्पतालमा डाक्टर नभएकाे, पालिका अस्पतालमा समेत औषधी खरिद गर्नुपरेकाे भन्दै गुनासाे गरेका थिए ।
उठेका प्रश्नहरुकाे उत्तर गाउँपालिका अध्यक्ष रमेश थापा, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर लगायत विषयगत शाखाका प्रमुखहरुले थिएका थिए ।
पालिका अध्यक्ष थापाले पालिकामा भएकाे स्राेत साधनकाे उचित प्रयाेग गरिएकाे बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका शहिदलखन गाउँपालिका सभापित काशिनाथ अँगाइले पालिकाले सबै दलहरुलाइ बाेलाएर सम्मान गरेकाे भन्दै खुशी व्यक्त गरेका थिए ।
नेकपा एमालेका पार्टी अध्यक्ष मनाेज जाेशी मनकामनाकाे भेटी व्यवस्थापन गर्न पालिकाले चासाे नदेखाएकाे, ग्रामीण सडकका बाटाे कालाेपत्रे नगरेकाे भन्दै आवश्यकता पर्दा आफ्नाे पार्टीसँग सहयाेग लिन सुझाएका छन् ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष ध्रुवचन्द्र खनालले शहिलखन गाउँपालिकाकाे विकास लागि माओवादी पार्टीले नीति निर्माण र आर्थिक सहयाेग जुटाउन सकेकाे सहयाेग गर्ने बताए ।
शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रमा सहमत मिडिया प्रालिका प्रकाश ढकालले सहजीकरण गरेका थिए ।