Breaking News

भाषण मात्रै होइन काम गरेर देखाउँछौँ  : प्रधानमन्त्री दाहाल

By मनासलु

April 19, 2023

६ बैशाख, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम भाषण मात्रै गर्ने नभइ काम गरेर देखाउन प्रतिबद्ध रहेको बताएका छन् । सरकार चुमनुब्री क्षेत्रको विकास लागि प्रतिवद्ध छ, प्रधानमन्त्री दाहालले भने । चुमनुब्रीको आर्थिक, सामाजिक विकास लागि पालिका अध्यक्षले पटक पटक जानकारी गराएकाे र आगामी बजेट तथा नीति तथा कार्यक्रममा समेट्ने उनले बताए।

चुमनुब्रीलाइ सरकारले निषेधित क्षेत्र तोकेकोमा सरकारको तर्फबाट अध्ययन गरेर यस क्षेत्रका नागरिकहरुलाइ परेको असुविधालाइ हल गर्न तिर लागि पर्ने र मनास्लु क्षेत्रको पर्यटन विकासमा नयाँ नीति तय गर्ने उहाँले बताउनुभयो । यस क्षेत्र ऐतिहासिक महत्वको क्षेत्र रहेको बताउँदै अहिँसा क्षेत्र घोषणा भएको १०० वर्ष पुगेको यस अवसरमा हार्दिक शुभकामना व्यक्त प्रधानमन्त्री दाहालले गरे ।

वि.सं. १९८० देखि यस क्षेत्रलाइ अहिँसा क्षेत्रको रुपमा घोषणा गरी पशुचौपाया, पंछी लगायतका जनावरहरुको काटमारमा रोक लगाएको थियो । कार्यक्रममा दाहालले सिर्दिवास, लाेक्पा, चुम्चेत, छेकम्पार ङ्युला नाका सडक निर्माणका लागि यसै वर्षदेखि नीति तथा कार्यक्रममा समेटिने बताए ।

श्याग्या क्षेत्र घोषणा भएको सयवर्ष पुगेको अवसरमा आजदेखि बैशाख ९ गते सम्म महोत्सव मनाएकाे हाे । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गोरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद राजेन्द्र बजगाइ, पूर्व साँसद हरीराज अधिकारी, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाको अध्यक्षतामा भएको थियो ।