गाेरखा । शनिबारकाे विदा बाहेक अन्य सावर्जनिक विदाका दिनमा कर्मचारी व्यवस्थापन गरी सेवा दिने अजिरकाेट गाउँपालिकाले सूचना जारी गरेकाे छ ।
सार्वजनिक विदाका दिन वडा कार्यालयबाट प्रदान गरिने सिफारिस लगायतका सेवाहरु तथा स्वास्थ्य संस्थाबाट उलपलब्ध हुने सेवा निरन्तर रुपमा प्रवाह हुने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सार्वजनिक विदाका दिन काम गर्ने कर्मचारीलाइ सट्टा विदाकाे व्यवस्था गरिएकाे छ ।
सार्वजनिक विदाका दिन जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहदानी र राष्टिूय परिचयपत्र बनाउन सकिने सूचना यस अघि नै जारी गरेकाे छ ।