समाचार

नेत्रज्याेति सँघ गाेरखा अध्यक्षमा मास्के निर्विराेध

By मनासलु

May 07, 2023

गोरखा । नेपाल नेत्र ज्योति संघ गोरखाको सभापतिमा शित्तलकाजी मास्के सर्वसम्मत चयन हुनुभएको छ । संघको आज सदरमुकाममा भएको ११ औं साधारणसभा तथा ५औं अधिवेशनले मास्केलाई सर्वसम्मत रुपमा सपभापतिमा चयन गरेको हो । अधिवेशनबाट उपसभापति, सचिव र कोषाध्यक्षपछि चयन गर्ने गरि १० जना कार्यसमितिसदस्य समेत चयन गरेको गरिएको आयोजकले जनाएको छ ।

नवगठित समितिको सदस्यहरुमा रामबावु जोशी, श्याम जोशी, बसुन्धारा जोशी, उमा जोशी, सन्तोषी जोशी, मञ्जु अर्याल, सुजन कुवर, सिताराम तिवारी, सञ्जय अधिकारी र श्यामबावु श्रेष्ठ चयन भएको निर्वतमान सचिव रामबावु जोशीले जानकारी दिनुभयो । अधिवेशनको बन्द सत्रमा सचिव रामबावु जोशी र कोषाध्यक्ष योङ्गकुमार श्रेष्ठले पेश गर्नुभएको संस्थागत प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत परित गरिएको उहाँले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघ बाग्मती प्रदेशका सभापति ऋषिराम पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संघका केन्द्रिय सदस्य चिजकुमार श्रेष्ठ, गण्डकी प्रदेका सचिव श्रवणकुमार जोशी, निर्वतमान अध्यक्ष पोवनाथ घिमिरे, लायन्स क्लब अफ गोरखाका अध्यक्ष लक्ष्मण आचार्य, सल्लाहकार धिरजबहादुर मास्के, समाजसेवी बद्रीबहादुर मास्के र सहभागी मध्येबाट मञ्जु अर्यालले शुभ कामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।