समाचार

साइबर सुरक्षा सम्वन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न

By मनासलु

May 07, 2023

गोरखा । गोरखा सदरमुकामा आज साइबर सुरक्षा सम्वन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०८० अवशरमा गोरखा सदरमुकाममा अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।

तालिम गोरखा नगरपालिकाका उपप्रमुख मसलीमायाँ थोकर पुनःले उद्घाटन गर्नुभएकाे थियाे । अहिले युग प्रविधिको युग भएको भन्दै कुनै पनि मानिस प्रविधि बिना चल्ने नसक्ने बताए । पुनले आगामी दिनमा गोरखा नगरपालिका सहित सिंगो जिल्ला नै प्रविधि मैत्री भएको देख्न पाउने आशा ब्यक्त गर्नुभयाे ।

कम्प्यूटर एशोसिएसन नेपाल महासंघ गण्डकी प्रदेशको आयोजना तथा गोरखा शाखाको संयोजकत्वमा १ दिने अभिमुखीकरण तालिमको आयोजना भएकाे हाे ।

तालिममा सफ्वयर ईन्जिनियर तथा क्यान महासंघका केन्द्रिय सदस्य सुभाष खड्काले साइवर सुरक्षा सम्वन्धी विभिन्न बिषयमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।

शनिबार भएको तालिममा जिल्लाका सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, विद्यार्थी र शिक्षक तथा क्यान गोरखामा आवद्व सदस्यहरु सहित १०६ जनाको सहभागीता जनाएको क्यान गोरखाका अध्यक्ष सुदिप कोइरालाले जानकारी दिनुभयाे ।

क्यान गण्डकी प्रदेशका उपाध्यक्ष प्रेमध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्यान गोरखाका संस्थापक अध्यक्ष अशाेकबावु राना, गोरखा उद्योग बाणिज्य संघका प्रतिनिधी मनकाजी श्रेष्ठ र च्याम्बर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठले शुभ कामना मन्तब्य राख्नुभएकाे थियाे ।