समाचार

डिभि नतिजा यसरी हेर्न सकिन्छ

By मनासलु

May 07, 2023

काठमाडौँ । ‘अमेरिकी डिभी चिठ्ठा’को नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा आज ९ः४५ (मे ६ तारिख न्यूयोर्क समय मध्यान्ह १२ बजेपछि) बजेपछि सार्बजनिक भएको हो। डिभी लट्री २०२४ को नतिजा  आएको हो।

‘अमेरिकी डिभी चिठ्ठा’ परे नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन।

इडिभी पर्यो कि परेन भनेर https://www.dvlottery.state.gov/ लिंकमा गएर डिभी चिठ्ठाको नतिजा हेर्न सकिन्छ।

हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन्। डाइभर्सिटी भिसा लोटटरी प्रोग्रामलाई ग्रिन कार्ड लोटरी कार्यक्रमको नामबाट चिनिन्छ।

यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्दै आएको छ।