साँकेतिक तस्वीर

Breaking News

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

By मनासलु

May 15, 2023

१ जेठ, गोरखा । जिल्लाको गण्डकी गाउँपालिका- ६ भुम्लिचोकमा बोलेरो जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । चितवनको फिस्लिङबाट भुम्लिचोकको घम्सुरतर्फ जादै गरेका बागतती प्रदेश ०१-०२५ च ६२०४ नम्बरको जीप आइतबार बेलुकी करिब पौने ९ बजे सडकबाट अन्दाजी ७० मिटर तल खसेको गोरखा प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय ७८ वर्षीया किरमाया आलेको उपचारका क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको हो ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाको विषयमा जिल्ला प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धार गरिरहेको प्रहरी जानकारी दिएकाे ।