गोरखाबाट गर्भवती महिला लिएर सुत्केरी गराउन चितवन गएकाे ग ३ च १५०८ नम्बरको एम्बुलेन्स आज बिहान रामनगरमा गएराती दुर्घटनामा परेको छ । दुर्घटनामा परी सुत्केरीको अवस्था गम्भीर भएको चितवन प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक निर्मल पनेरुले दिएको जानकारी अनुसार दुर्घटनामा परी गोरखा नगरपालिका–६ निवासी बर्ष २८ कि श्रृजना गौतम गम्भिर घाईते भएका हुन ।
सुत्केरी गराउनको लागि एपोलो अस्पतालको एम्बुलेन्स मार्फत चितवनको भरतपुर तर्फ लादै गर्दा भरतपुर महानगर पालिका–१ को रामनगर स्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा साइडमा रोकिरहेको ना ७ ख ६४ नम्बर को ट्रकमा ठोकिन पुगेको थियो । गम्भरि घाईते भएकी श्रृजनाको अनुहार र खुट्टामा चोट लागेको छ ।
उनकाे नयाँ मेडिकल कलेजमा आईसियुमा राखेर उपचार भई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक सहित अन्य ३ जना सामान्य अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी एम्बुलेन्स चालक बारपाकसुलिकोट गाउँपालिका–६ का ५४ बर्षिय एकबहादुर सुनार, गोरखा नगरपालिका–६ बस्ने बर्ष ३५ को सुदिप गौतम (श्रृजनाका श्रीमान) र गोरखा नगरपालिका–६ बस्ने बर्ष ४८ कि मिना कोईराला सामान्य घाईते भएका हुन् ।
ट्रक र चालक मकवानपुर जिल्ला हेटौडा उप महानगर पालिका–१९ बस्ने बर्ष ३६ को सुरज श्रेष्ठलाई राती नै प्रहरीले नियन्त्रणमा रहेको छ ।