अजिरकाेट । गाेरखा जिल्लाकाे अजिरकाेट गाउँपालिकामा वृहत स्वास्थ्य शिविर हुने भएकाे । भच्चेक बजार स्थित टुँडीखेलमा हुने शिविरमा स्वास्थ्य जाँच र निशुल्क औषधी वितरण हुने भएकाे हाे ।
शिवरमा आँखा सम्बन्धी सेवा, जेनेरल मेडिसिन, नाक,कान, घाँटी राेग सेवा, छाला राेग सेवा, मानसिक राेग सेवा, स्त्री तथा प्रसुती राेग सेवा, हाड तथा जाेर्नी राेग सेवा, नसर्ने राेग सेवा प्रदान गरिने भएकाे छ ।
निशुल्क स्वास्थ्य शिविरबाट माैकामा गाउँमै विशेषज्ञ सेवा लिन पालिकाले सूचना समेत जारी गरेकाे छ । शिविरमा गाेरखा अस्पताल गाेरखा, सैनिक अस्पताल पाेखराका डाक्टरहरुले विरामीकाे उपचार गर्नेछन् । शिविर जेठ १९ र २० गते चल्ने अजिरकाेट गाउँपालिकाले जनाएकाे छ ।