
गाेरखा । गण्डकी प्रदेश स्तरिय महिला भलिबल प्रतियोगिता-२०८० मा गोरखा जिल्ला महिला भलिबल टिमकाे जीत सुरुवात भएकाे छ ।
आजबाट सुरु भएकाे खेलमा गोरखा जिल्लाले तनहुँ जिल्ला लाई २-० सोझो सेटमा हराएकाे छ । पहिलाे चरणकाे खेलमा विजयी भएसँगै गाेरखाका महिला खेलाडीहरु दाेस्राे चरणमा प्रवेश गरेका छन् ।