
गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर ४ मा रहेका २५ जना विपन्न समुदायका सुत्केरी र गर्भवती महिलाहरु पाेषण सुरक्षा कार्यक्रमबाट लाभान्वित भएका छन् ।
कार्यक्रममा महिलाहरुलाइ माहुरी सहितको घार , धुवाँदानी, माैरी घार स्ट्याण्ड, घुम्टाे टाेपी, पञ्जा, फीडर चास्नी दानी, सुन कागती , एभाेकाडाे, लिचि एक एक थान वितरण गरिएकाे हाे ।
सुत्केरी गर्भवती महिलाहरुकाे पाेषणमा सहयाेग पुगाेस भनेर ६० वटा कुखुराकाे चल्ला समेत प्रदान गरिएकाे कृषि ज्ञान केन्द्र गाेरखाका प्रमुख परशुराम अधिकारीले बताए ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष यम बहादुर थापा, वडा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे । लाभान्वित सुत्केरी तथा गर्भवति महिलाहरुले फेरी पनि यस्ता कार्यक्रम ल्याइदिन आग्रह गरेका थिए ।


