
गाेरखा । जिल्लाकाे मध्येभाग भएर बहने सप्तगण्डकी नदिकाे सहायक नदि दराैँदी वर्षातकाे समयमा वारपार हुने र हिउँदकाे समयमा वगर हुने गर्दथ्याे । असारमा थन्याउनुपर्ने धान नदिले आफ्नै लागि लैजाने गर्दथ्याे । दुख गरेर राेपेकाे धान थन्क्याउन नपाएकाे धेरै अनुभव आफूसँग भएकाे गाेरखा नगरपालिका वडा नम्बर १२ का टाेप बहादुर कुमाल बताउँछन् ।
सँघीय सरकारकाे सँरचना अन्तर्गत पालुङटार कुण्डुटार सिञ्चाइ आयाेजनाकाे कार्यालय गाेरखामा आएपछि दराैँदी नदी आफ्नै धारमा बहन बाध्य भएकाे अर्का किसान विर बहादुर कुमाल बताउँछन् । खेत राेपेपछि काट्ने बेला वर्षात लाग्ने र पाकेकाे धान नदीेले लगेर बगर हुने गरेकाे उनकाे भनाइ छ ।
दराैँदी नियन्त्रणकाे अभियान सुरु भएयता मागका आधारमा आयाेजनाले नियन्त्रणकाे काम गर्दै आएकाे आयाेजना प्रमुख दिनेश प्रसाद आचार्यले बताए । किसानहरुकाे आमभेलाले उपभाेक्ता समिति बनाउने र उनीहरुले आयाेजनासँग सम्झाैता गरी प्राविधिकहरुकाे सहयाेगमा काम गर्ने गर्दछन् ।
सार्वजनिक खरिद एेन २०६४ नियमावली ९७ ले दिएकाे अधिकार उपभाेक्ता समितिले लिने गर्दछन् । गाेरखा,लमजुङ, तनहुँ र मनाङ कार्यक्षेत्र भएकाे आयाेजनाले गाेरखामा धेरै काम गरेकाे छ ।
उपभाेक्ता समितिले आफ्नाे जमिन जाेगाउनका लागि कडाइका साथ छिटाे काम गर्ने भएकाले कार्यसम्पादन समेत राम्राे रहने गरेकाे आयाेजनाले जनाएकाे छ । अर्थ मन्त्रालयबाट पटक पटक रकम रकमान्तर भएर आउने हुँदा समय छाेटाे हुने र ठेक्का प्रक्रियामा अहसज हुने हुँदा स्थानीय स्राेतसाधनकाे प्रयाेग गर्न, स्थानीय नागरिकहरुलाइ राेजगार प्रदान र गरिवि निवारणमा समेत सहयाेग पुर्याउने उदेश्यका साथ राज्यले उपभाेक्ता समिति मार्फत काम गर्न प्राेत्साहन गर्दै आएकाे छ । आपतकालिन समयका लागि आएका बजेटका काम उपभाेक्ता समितिले महत्वका लागि गर्ने गरेका छन् ।
दराैँदी नदी पूर्ण रुपमा नियन्त्रण हुँदा यहाँकाे उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र अधिकारीहरु बताउँछन् । नदि नियन्त्रण पछि खेतकाे धान विक्री गर्न समेत पुगेकाे स्थानीय नागरिक एवँ दराैँदी माेटरपुल लामगरा उपभाेक्ता समितिका अध्यक्ष कमल बहादुर कुमाल बताउँछन् ।
सरकारले दराैँदी नदि नियन्त्रणका लागि आवश्यक बजेट दिएर छिटाे गरी काम गर्नुपर्ने दराैँदी नदी तथा ढाेडेनी क्षेत्र नियन्त्रण उपभाेक्ता समितिका अध्यक्ष हुमनाथ ढकाल बताउँछन् ।