पर्वताराेहण सँघ गण्डकी अध्यक्षमा विकास गुरुङ, गाेरखाका तिन जना समितिमा

बिहिबार, साउन ३२, २०८०

नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश समितिमा गोरखाका तीनजनाले प्रतिनिधित्व गरेका छन् । संघको बुधबार सम्पन्न गण्डकी प्रदेश समितिको सातौं अधिवेशनबाट आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका पुरबहादुर गुरुङ(युक्त) उपाध्यक्षमा निर्विरोध निर्वाचन भएका छन् ।

सदस्यहरुमा लाप्राककै सन्दीप गुरुङ र श्रीबहादुर गुरुङ चयन भएका हुन् । अधिवेशनबाट कास्कीका विकास गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको कार्यक्रममा सहभागी भएका साने गुरुङले जानकारी दिए ।

उपाध्यक्षमा चयन भएका युक्त गुरुङ हालै पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो केटु हिमाल आरोहण गरेर फर्केका हुन् । साथै उनले आठ हजार मिटरभन्दा अग्लो पाकिस्तानका चार हिमाल आरोहण गरेर फर्केका हुन् ।

सदस्यमा चयन भएका सन्दीप गुरुङ पनि केटु हिमाल आरोहण गर्ने कान्छा आरोही हुन् । २६ बर्षका उनले यसअघि गत मे १६ मा सगरमाथा र लगत्तै १७ मा ल्होत्से आरोहण गरेका थिए । सदस्यमा चयन भएका अर्का श्रीबहादुर गुरुङ पर्यटन व्यवसायी हुन् ।