गाेरखा अस्पतालमा हाडजाेर्नी र स्त्रीराेग सम्बन्धी मेजर अप्रेसन सँख्या बढ्याे

शुक्रबार, भदौ ८, २०८०

 गाेरखा । आ ब २०७९/८० मा हाडजोर्नी र स्त्रीरोग संम्बन्धी का मेजर अप्रेसन हुँदै आएकाे गाेरखा अस्पतालमा  २०७९/८० मा
मेजर अप्रेसन १३१ वटा भएका छन् ।

इन्टरर्मेडिएट अप्रेसन  ८६ जना, माइनर अप्रेसन – ५२५ जना, सिजरियन सेक्सन  १७० जनाकाे भएकाे छ । गएकाे  आर्थिक वर्षमा   ९१२ जनाले अप्रेसन सेवा लिएका अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । यस अघि अघिल्लाे आर्थिक वर्षमा सामान्य अप्रेशन मात्र हुँदै आएका थिए । आर्थिक वर्ष ०८०।०८१ देखि अस्पतालले बालबालिकाकाे अप्रेसन सेवा समेत सुरु गरेकाे जनाएकाे छ । अस्पतालले  श्रावण ३२ गते बारपाकसुलिकोट गाउँपालिका घर भएका ६ बर्ष का र भाद्र ५ गते गोरखा नगरपालिका का ३ बर्षिय बालक को एपेन्डिसाइटिस को सफल शल्यक्रिया गरेकाे थियाे ।

२०७९/८० मा ८०१२६ जनाले गोरखा अस्पताल बाट सेवा लिएका थिए । ओ पि डि सेवा ६९१४८ जना,  आकस्मिक सेवा१०९७८ जनाले लिएका छन ।

अन्तरंगसेवा लिनेको संख्या २४६३ जना रहेकाे छ । फिजियोथेरापी सेवा १८५८ जनाले सामाजिक सुरक्षा र जेष्ठ नागरिक सेवा १४६६ जनाले ओ सि एम सि सेवा ३५ जनाले नबजात शिशु बिशेश उपचार सेवा ७६ जना र  सुत्केरी सेवा ७२२ जनाले लिएका सूचना अधिकारी ढकालले जानकारी दिए ।