सर्पदँशकाे उपचार संक्रामक तथा सरुवा रोग अस्पतालमा हुने

मङ्लबार, भदौ १९, २०८०

गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश (सर्पले टोकेको) उपचार गर्ने अनुमति पाएको छ ।

लामो पहल कदमी पछि  पाेखरामा सर्पदँशकाे उपचार हुन लागेकाे हाे ।  हामीले यो सेवा सुरु गर्न पाएका छौ । यसमा प्रदेश सरकार, संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे समन्वय रहेकाे छ ।

जनताको स्वास्थ्य सवालमा देखा पर्ने कुनैपनि समस्या समाधानको लागि मन्त्रालय निरन्तर लागिरहने सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिँखडाले बताएकी छन् ।