
गाेरखा । चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँमा पेमा देजोलिङ गुम्बा निर्माण भएको छ । पेमा देजोलिङ फाउण्डेशन ताइवान र फाउण्डेशन मलेसियाको आर्थिक सहयोेगमा गुम्बा निर्माण भएकाे हाे । गुम्बाकाे एक कार्यक्रमका वीच चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले उद्घाटन गरेका छन् ।
लामा गुरु धिल्को छेच्जेको औतारीले एक धार्मिक समारोहको आयोजना गरी उद्घाटन गरेको फाउण्डेशन नेपालका उपाध्यक्ष खेम्बे कर्मा उर्गेनले जानकारी दिए । गुम्बा निर्माण गर्न १० बर्ष लागेकाे थियाे ।
वि स २०६९ सालदेखि निर्माणको थालनी भएको सो गुम्बा निर्माणको काम २०७९ कात्तिकमा सम्पन्न भएको थियाे ।
पेमा देजोलिङ फाउण्डेशनको सहयोगमा गुम्बा निर्माण भएकाले फाउण्डेशनकै नामबाट गुम्बाको नामाकरण गरिएको उनको भनाइ छ । सो गुम्बा वृद्धवृद्धा तथा धर्मगुरु लामाहरुलाई ध्यान गर्नका लागि निर्माण गरिएको हाे । गुम्बामा बस्न आउने वृद्धा तथा धर्म गुरुहरुका लागि बसोबासको समेत व्यवस्थाको तयारी गरिएको उनले बताए ।
यहाँ वृद्धवृद्धालाई बसोबासको व्यवस्थासहित सञ्चालनमा ल्याउने फाउण्डेशनका उपाध्यक्षा उर्गेनले बताए ।