बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शनिबार, भदौ ३०, २०८०

गोरखा ३० भदौ । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका सिरानचोक गाऊँपालिका-४ का २७ वर्षका रामलाल कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

भच्चेकबाट गोरखा बजार आउँदै गरेको १ ख ९७३६ नम्वरको बस र विपरित दिशाबाट जाँदै गरेको ग ७ प १५१० नम्वरको मोटरसाइकल सिरानचोक गाऊँपालिका-४ को अमराईमा शनिवार बिहान साढे १० वजेतिर आपसमा ठोक्किएका थिए ।

गम्भिर घाइते कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।