Breaking News

सम्पादक न्यौपानेलाई पितृशाेक

By मनासलु

September 03, 2023

गाेरखा । मनासलु डटकमका सम्पादक राजेन्द्र न्यौपानेलाई पितृशाेक परेकाे छ । न्याैपानेका पिता केशवराज न्याैपानेकाे ७४ वर्षकाे उमेरमा आइतबार चितवन स्थित क्यान्सर अस्पतालमा निधन भएकाे हाे । न्याैपानेका एक श्रीमती, चार छाेरा , एक छाेरी र १० नाति नातिनीहरु रहेका छन् ।

सामाजिक कार्यमा अग्रपँक्तिमा रहँदै आएका स्व. न्याैपाने २०४७ सालमा गाेरखा जिल्ला किसान आन्दाेलनका सचिव भएर काम गरेका थिए । कृषि कर्ममा सक्रिए रहेका न्याैपाने पछिल्लाे समय क्यान्सर राेगसँग लडिरहेका थिए । उनी गाउँमा विद्यालय स्थापना, खानेपानी, माेटरबाटाे निर्माण, गाउँघरमा परेका सामान्य समस्याहरुकाे समाधानका लागि अग्र माेर्चामा रही काम गर्दै आएका उनलाइ नजिकबाट चिन्नेहरु बताउँछन् ।

आधुनिक प्रविधिकाे प्रयाेग गरेर खेती गर्न प्राेत्साहित गर्ने न्याैपाने मनकामना , बक्राङ र ताक्लुङ क्षेत्रमा सुन्तला प्रजातिका बाली सँरक्षणमा तल्लीन थिए । हाल शहिदलखन १ साविक बक्राङ गाविस घर भएका न्याैपाने किसानहरुलाइ निशुल्क विरुवा प्रदान गर्ने र फल फलेर विक्री पछि विरुवाकाे शुल्क दिन भन्दै सुन्तला खेतीमा किसानहरुलाइ प्राेत्साहन गरेका स्थानीय टाेल बहादुर आले बताउँछन् ।