Breaking News

सर्पदँशकाे उपचार संक्रामक तथा सरुवा रोग अस्पतालमा हुने

By मनासलु

September 05, 2023

गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश (सर्पले टोकेको) उपचार गर्ने अनुमति पाएको छ ।

लामो पहल कदमी पछि  पाेखरामा सर्पदँशकाे उपचार हुन लागेकाे हाे ।  हामीले यो सेवा सुरु गर्न पाएका छौ । यसमा प्रदेश सरकार, संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे समन्वय रहेकाे छ ।

जनताको स्वास्थ्य सवालमा देखा पर्ने कुनैपनि समस्या समाधानको लागि मन्त्रालय निरन्तर लागिरहने सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिँखडाले बताएकी छन् ।